१ वर्षदेखि कोमामा रहेका नेपालीको बहराइनबाट उद्धार

नेपालखोज २०७८ असार १० गते १८:४८

काठमाडौं । बहराइनमा १ वर्षदेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । नेपाली राजदूताबास बहराइन सन् २०२० मे २५ देखि बिरामी भई कोमामा गएका नेपालीलाई करिब १ वर्षपछि स्वदेश फिर्ता गर्न सफल भएको हो ।

साथै १ वर्ष अस्पतालमा उपचार गराउँदा लागेको करिब ९४ लाख रुपैयाँ मिनाहा गरिदिने बहराइनको सरकारी अस्पताल किंग हिमाड युनिर्भसिटी अस्पतालले जनाएको छ । उनलाई बिहीबार हिमालय एयरलाइन्सको चार्टर बिमानआर्फत नेपाल ल्याइएको राजदूतावासले बिहीबार एक विज्ञप्तिमार्फ जानकारी गराएको हो ।

प्रतिक्रिया