माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने विद्यार्थी संगठनको घोषणा

नेपालखोज २०७८ असार १० गते १९:२३

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुनःस्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विघटित प्रतिनिधि सभाको पुनःस्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारका विरुद्धमा नाराबाजीसमेत गरेका थिए । उनिहरुले ‘डकैत गरिएको सार्वभौम संसद पुनःस्थापना गर, ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो, पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर’ लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए । माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

प्रतिक्रिया