मंगलबार, वैशाख ३०, २०८२

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा नेताको सक्रियता बढ्यो

नेपालखोज २०७८ असार ११ गते १९:५८

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले आ–आफ्नो समूहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् । शुक्रबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ ।

भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

भेलाले कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनु पर्नेमा जोड दिएको तथा सहमतीको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए ।

नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनु पर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए । आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफल बाट निर्णय गरीने उनको भनाई छ ।

प्रतिक्रिया