मंगलबार, वैशाख ३०, २०८२

असार २२ देखि ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज लगाइने

नेपालखोज २०७८ असार ११ गते २३:५५

काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।

गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो ।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

प्रतिक्रिया