मकवानपुरमा भोलिदेखि सरकारी कार्यालय खुल्ने
नेपालखोज
२०७८ असार १२ गते ७:३७
मकवानपुर । जिल्लामा भोलि (आइतबार)देखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् ।
जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह दिन भनिएको छ । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
जिल्लामा एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई यसअघि नै परिपत्र गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया