मंगलबार, फागुन १५, २०८०

कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन बाह्य सहयोगको आवश्यक

नेपालखोज २०७८ मंसिर २७ गते २०:०२

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदुत जिल बुर्बाओबीच सोमबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएकाे छ ।

भेटवार्तामा राजदूत बोरबाओको महासंघ सचिवालयमा स्वागत गर्दे अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिए ।

यो दुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुनौतीको सामना गर्नु परेको पनि बताए । सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको स्पष्ट पार्दे अझै खतरा भने टरि नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए ।

यसका लागि महासंघले अर्थतन्त्रको मुख्य आधारशिलाका रुपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुनरूत्थानमा जोड दिएको बताए । महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं अन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिए । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तवेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको बताए ।

नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्षले आग्रह गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, बाह्य लगानीका लागि सरकारी अनुकुल नीति र वाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गरे । भौगोलिक अवस्था र यूवाहरूले भरिएको मुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि स्पष्ट पारे ।

अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्यहरू हुुनेमा महासंघ विश्वस्त रहेको र राजदुतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताए । साथै उनले नेपाल फ्रान्स बीचको एतिहासिक संस्कृतिक सम्बन्धको चर्चा पनि गरे ।

राजदूत जिल बुर्बाओले महासंघले अगाडी सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । हामी धेरै क्षेत्रमा छरिनुु भन्दा पनि ठोस र परिणामदायीरूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुनसक्छ, राजदूतले भने, नविकरणीय उर्जा, कृषिको उत्पादकत्व बृद्धि, पर्यटन, विद्युतीय सवारी साधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौं । साथै उहांले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमहरूका सम्बन्धमा स्मरण समेत गरे ।

भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूूतावासका चार्ज डि मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

प्रतिक्रिया