शुक्रबार, जेठ ४, २०८१

कवि वैरागी काइँलाको स्वास्थ्य सुधारोन्मुख

नेपालखोज २०७८ असार १२ गते ८:२५

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि तिलविक्रम नेम्बाङ (वैरागी काइँला) को स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको छ ।

मस्तिष्काघात भएपछि ओम अस्पतालमा भर्ना गरिएका उनको उपचारपछि स्वास्थ्यमा केही सुधार देखिएको अस्पतालले स्रोतले जनाएको छ । उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

८३ वर्षीय काइँलाको स्वास्थ्यअवस्था सामान्य हुन अझै केही दिन लाग्ने बताइएको छ ।

काइँलाको स्वास्थ्यस्थितिको जानकारी लिन शुक्रबार दिउँसो प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीसहितको टोली अस्पताल पुगेको थियो ।

लगत्तै उप्रेतीले समाजिक सन्जालमार्फत काइँलाको स्वास्थ्यअवस्थाबारे जानकारी दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका काइँलालाई उप्रेतीले वरिष्ठ आयमेली कवि, किरात धर्म संस्कृतिका विज्ञ भनेर सम्बोधन गरेका छन् ।

प्रतिक्रिया