मेलम्चीमा फेरि बाढी : ३ तले घर ढल्यो, आसपासका बस्तीमा सावधानी अपनाउन आग्रह

सिन्धुपाल्चोक । मनसुनको सुरुवातमै आएको बाढीले सिंगो गाउँ नै तहसनहस बनाएको एक सातामै फेरि सिन्धुपाल्चोकमा बाढी आएको छ । शुक्रबार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण मलम्ची नदीमा आएको बाढीले मेलम्ची वडा नं. ११ मा एक घर बगाएको छ।
स्थानीय गोपाल दुलालको ३ तल्ले घर शनिबार बिहान आएको बाढीले ढालेको पत्रकार देबराज सुवेदीले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् । उक्त क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण खोलाको बहाब बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहने लाई सुरक्षीत रहन अनुरोध गरिएको छ।
यसअघि असार १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासका बस्तीलाई तहसनहस बनाएको थियो । जसले गर्दा थुप्रै जनधनको क्षति भएको थियो भने सयौं परिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया