काठमाडौं उपत्यकामा झरी ! (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला निरन्तर झरी परिरहेको छ । भने चारैतिर बादलले गमक्क ढाकेको छ । जसले गर्दा उपत्यकामा यतिबेला दिउँसै राति जस्तो देखिएको छ । देशभर पुनः मनसुन सक्रिए भएसँगै उपत्यकामा शुक्रबार रातिदेखि निरन्तर झरी परिरहेको छ ।

एक ठाउँदेखि अर्को ठाउँसमेत स्पष्ट देख्न सकेको छैन् । यस्तो मौसममा बाटो सफा नदेखिने हुँदा सवारी दुर्घटनाको समेत जोखिम हुन सक्ने भएकाले सवारी चलाउँदा सतर्कताका साथ चलाउन प्रहरीले आग्रह गरेको छ ।

नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो । मनसिन भित्रिएको ३ दिनसम्म लगातार वर्षा भइ देशका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको पनि क्षति भएको थियो । एक साता केही सामान्य भएको मनसुन पुनः शुक्रबारदेखि देशभर सक्रिय भएको छ । जसका कारण यतिबेला देशका अधिकांश स्थानमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको ३ दिनसम्म लगातार मनसुन सक्रिय भइ वर्षा हुने भएकाले भारी वर्षा भएका स्थानका खोला तथा नदीहरुमा बाढी आउने र पहाडी क्षेत्रहरुमा पहिरो आउन सक्ने भएकाले त्यस्ता क्षेत्रका नागरिकलाई सतर्क रहन आह्वान गरेको छ ।

प्रतिक्रिया