सर्लाहीमा वडाध्यक्ष श्रेष्ठको हत्या

नेपालखोज २०७८ असार १२ गते ११:२५

सर्लाही । ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको भएकाे छ । वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले ठोक्काएर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

राति १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो । सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जनाएका छन् ।

पूर्वयोजना नभई आवेशमा आई घटना भएको प्रहरीको भनाइ छ । वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया