नदी, खोलामा पनि पानीको सतह बढ्यो

नेपालखोज २०७८ असार १२ गते १५:५१

काठमाडौं । मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडांै लगायत मुलुकका अधिकांश स्थानहरुमा वर्षा भएको छ । शुक्रबार साँझदेखि नै काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो ।

वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् ।

विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो । त्यसैगरी, काठमाण्डौको वाग्मती, विष्णुमती नदीको पानीको सतह बढेको छ ।

धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।

काठमाडाैं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आह्वान पनि गरेको छ ।

विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आह्वान समेत गरेको छ । यसैबीच मध्यान्हपछि भने काठमाडौंमा बर्षा हुने क्रम रोकिएको छ ।

प्रतिक्रिया