‘छुपुमा छुपु हिलोमा धान…’ (फोटो फिचर)

नेपालखोज २०७८ असार १२ गते १८:५२

अछाम । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाइ कुलो लगाई पानी आएर गोडौंला’ सानो छदा खुबै गाउने अनि सुनिने कविता थियो । यो कविताको हरफको अर्थ के भन्ने नबुझेरै भएपनि विद्यालय पढ्दा कम गाइएको त होइन् । तर, बुझ्दै गइयो, यो कविताको हरफले त ठूलो अर्थ दिने रहेछ भन्ने लाग्यो । असार भन्ने बित्तिकै कृषकहरुलाई खेतमा कुलो लगाउने पानी हुल्ने र रोपाईको चटारो हुन्छ ।

आधुनिक कृषिको जति ठूलो नारा लगाए पनि अझै देशका अधिकांश स्थानमा परम्परागत रूपमै कृषि गरिन्छ । आधुनिक कृषि प्रणालीको बहानामा जति नै ठूलो बजेट खर्चिए पनि देशका धेरै ठाउँमा अझै सिँचाईको सुविधा पुग्न सकेको छैन्। जसका कारण अहिले पनि अधिकांश किसानले आकाशे पानीको भरमा खेती गर्नु परेको छ ।

देशमा मनसुन भित्रिए पछि बल्ल किसान रोपाई गर्न ताजोपाँजो मिलाउने गर्छन् । नेपालमा यस वर्ष जेठ २८ मै मनसुन भित्रिएको थियो । मनसुन पछि निरन्तर वर्षा हुन थालेपछि अन्य ठाउँ जस्तै अछामका किसान पनि यतिबेला खेत रोप्नमा निकै व्यस्त छन् । हामीले राखेका तस्बिरले पनि किसानलाई रोपाईको चटोरो परेको झल्किन्छ ।

तस्बिर : अछामबाट पत्रकार टेकराज भण्डारी

प्रतिक्रिया