वाग्मती र लुम्बिनी र प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना
नेपालखोज
२०७८ असार १३ गते ७:३१

काठमाडौं । अहिले देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया