राेकियाे नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण

नेपालखोज २०७८ असार १३ गते ८:०५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएपनि खेलाडीहरुले सानो समूह बनाएर कोभिडको प्रोटोकल पालना गर्दै टियु मैदानमा प्रशिक्षक डेभ वाटमोरसँग अभ्यास गर्ने क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टिमको बन्द प्रशिक्षण स्थगित भएको हो ।

स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया