एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
नेपालखोज
२०७८ असार १३ गते १०:५६

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । यसअघि पटकपटक स्थगित भएको बैठक आज बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल भइरहेको बताइएको छ ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य एमालेले गरिरहेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने तयारी छ । एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया