कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७८ असार १३ गते ११:०५

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

आगामी महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन ।

प्रतिक्रिया