शनिबार, जेठ ५, २०८१

नबिल बैंकको अनलाइनबाटै नि:शुल्क डिम्याट खाता खोल्न सकिने

नेपालखोज २०७८ असार १३ गते १४:२७

काठमाडौं । विद्यमान कोभिड-१९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्यरुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने बिश्वास कम्पनीले लिएको छ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको हो ।

यसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको वेबसाइटमा गई अनलाइन डिम्याट भित्र क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ ।

यसरी आफुले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईने र यसरी प्राप्तहुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुनेछ ।

लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ ।

जसमा लगानी तथा प्राइभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित बुक बिल्डिंग प्रबिधिबाट निष्काशन तथा बिक्रीप्रबन्धकको कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवासहित एकै छानामुनि सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

प्रतिक्रिया