शनिबार, जेठ ५, २०८१

नेशनल लाइफद्वारा मृत्युु दाबी भुक्तानी

नेपालखोज २०७८ असार १३ गते १६:११

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरा स्थित आफ्नो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ ।

स्व.पदम राज पन्तले सन् २०२१ फेब्रुअरी २२ मा ७० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत सावधिक जीवन बीमा लेख खरिद गरेका थिए ।

तर सन् २०२१ मार्चमा पन्तको जिप दुुर्घटनाको कारणबाट मृत्यु भएकोले कम्पनीले बिमा दाबी वापत एक करोड २४ लाख ४८ हजार रुपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भुक्तानी गरेको हो ।

उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेका हुुन् ।

प्रतिक्रिया