२१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ असार १३ गते १७:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति असार १५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ११ अर्ब १० करोड (पुरानो नविकरण अन्र्तगतको १० करोड र नयाँ ११ अर्ब) र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ रहेको छ ।

सोमध्ये ९१ दिने अवधिको परिपक्व हुुने अवधि २०७८ असोज १२ गते र एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ पुुस १३ गते तोकिएको छ । यसअघि पनि यही असार सात गते राष्ट्र बैंकले २६ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया