बुधबार, जेठ १, २०८२

उपत्यकाको निषेधाज्ञाबारेको निर्णय आज !

नेपालखोज २०७८ असार १४ गते ६:३१

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा आज निर्णय गरिने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने बताएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्नेलगायत सुझावहरु दिए पनि उपत्यकाका तीनै जिल्लाको आ-आफ्नो वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरु परामर्शमै रहेको पराजुलीले बताए ।

उपत्यकामा संक्रमणदर घटे पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । निषेधाज्ञा पूरै नखोल्न र लामो दूरीका सवारीसाधनलाई अझै एक/डेढ साता खोल्न नहुने सुझावहरु आएको उनले जानकारी दिए ।
-फाइल तस्बिर

प्रतिक्रिया