बुधबार, जेठ १, २०८२

बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनलमा, नेदरल्यान्ड्स र पोर्चुगल बाहिरियो

नेपालखोज २०७८ असार १४ गते ७:२३

काठमाडौं । बेल्जियम र चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएका प्रि–क्वाटरफाइनलमा दुइ खेलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम र उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो । पराजित दुबै टिम प्रतियोगिताबाटै बाहिरिएका छन् ।

स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले निर्णायक गोल गरेका थिए । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

हंगेरीको पुस्कास एरिनामा भएको अर्को खेलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो ।

नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो । अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया