संसद् विघटन मुद्दामा आजबाट सरकारी पक्षको बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ ।
संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीको बहस हिजो (आइतबार) सकिएपछि आजबाट सरकारी वकिलको बहस शुरु हुने भएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो ।
सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ । त्यसपछि बहसका लागि सभामुखका कानून व्यवसायीले एक घण्टाको समय पाउने छन् । त्यसपछि निवेदक पक्षले जवाफ दिने छ । जवाफ सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ । यी सबै बहसपछि मात्रै अदालतले अन्तिम फैसला गर्नेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिने बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस शुरु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि अन्तिम फैसलाको चौतर्फी चासो तिब्र छ ।
प्रतिक्रिया