स्पेन र फ्रान्स युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश

काठमाडौं । स्पेन र फ्रान्स युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न सकेनन् ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । योसँगै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा पुगेको छ भने विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ । अब स्विट्जरल्यान्डले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
त्यस्तै, गएराति भएको अर्को खेलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एकरएक गोल गरे ।
क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एकरएक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।
निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो । योसँगै स्पेन क्वार्टर फाइनलमा पुगेको छ भने क्रोएसिया अन्तिम १६ बाट बाहिरिएको छ। अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया