मंगलबार, वैशाख १६, २०८२

‘नुन ढिके अर्थात् कुल्फा जसलाई अपहेलना होइन भान्सामा प्रयोग गरौं’

नेपालखोज २०७८ असार १५ गते ११:४९

कम पानी र माटोमा, गर्मी मौसममा सहजैसँग उम्रन्छ । यसको फूलहरू साना, पहेंलो हुन्छ, डाँठ कम हुन्छन् । यसमा क्यालोरी धेरै कम हुन्छ ।

बाटोमा हिँड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय: कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई ‘धेरै उपयोगी औषधीय बोटहरू’ को सूचीमा समावेश गरेको छ ।

बगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगबारेमा जानकारी छैन । त्यसैले प्रयोग पनि कम गरिन्थ्यो । तर विस्तारै यसबारे जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो एकचोटि रोपेपछि आफैं फैलिँदै जान्छ, धेरै स्याहार पनि चाहिन्न ।

कुल्फाको पात सानो, बाक्लो र गोलाकार हुन्छ । यसको डाँठ र पातहरू रसिलो र भरिलो हुन्छन् । यसको फूलहरू धेरै सानो पहेंलो रङको हुन्छ । युरोपतिर भने कुल्फाको साग लोकप्रिय छ । मानिसहरूले यसलाई सलादका रुपमा खान्छन् । यसलाई अन्य तरकारीहरूसँग मिसाएर वा मासुसँग पनि खाइन्छ ।

देशका विभिन्न क्षेत्रमा यसको विभिन्न नामहरु छन् । ‘कुल्फा’ बंगाली, गुजराती-मोती, हिन्दी र पंजाबी-कुल्फा, कन्नड मराठीमा घोल (घोल), उडिया-पुरुनी साग, तमिल-परप्पु केराई, तेलुगु बारा लोनिआ भनिन्छ ।

अंग्रेजीमा यसलाई purslane भनिन्छ , भिटामिनको बी, लौहतत्त्व, म्याग्नेसियम, क्याल्सियम र पोटेसियम , खनिज र रेशादार पदार्थ साथै भिटामीन ‘ए’ को राम्रो स्रोत हो । भिटामीन ‘ए’ ले शरीरमा रोगहरूसँग लड्ने शक्ति दिन्छ ।

हरियो तरकारीको तुलनामा यसमा ओमेगा, फ्याट्टी एसिडहरू बढी पाइन्छ । जसले मुटु स्वस्थ राख्छ । कुल्फामा घुलनशील रेशादार पदार्थ पाइन्छ । यसले मधुमेह, मोटोपना, कब्जियत कम गर्न मद्दत गर्छ । आयुर्वेदमा पनि यसको महत्त्व दर्शाइएको छ । आयुर्वेदका अनुसार यसले रगत शुद्ध पार्छ मृगौला स्वस्थ राख्छ ।

यस्तो विभिन्न पौष्टिक तत्त्वले भरिपूर्ण ‘नुन ढिके’ लाई बारीबाट ल्याएर सफा गरेर साग बनाएर, वा अन्य सागसँग मिसाएर खाँदा, बच्चाको खानामा हाल्दा धेरै फाइदा गर्छ ।

कम पानी र माटोमा, गर्मी मौसममा सहजैसँग उम्रन्छ । यसको फूलहरू साना, पहेंलो हुन्छ, डाँठ कम हुन्छन् । यसमा क्यालोरी धेरै कम हुन्छ । यो वनस्पतिको डाँठ ल्याएर गमला वा बारीमा रोपेपछि यो आफैं झाँगिँदै जान्छ ।

सहजै, फुल्ने, धेरै स्याहार नचाहिने, अनेक सूक्ष्म पोषक तत्त्वले भरिपूर्ण यो ‘नुनढिके’ सस्तोमा प्रकृतिले दिएको एक वरदान हो । सानो बालबालिकादेखि वृद्धवृद्धासम्मलाई यो साग बनाएर, तरकारीमा मिसाएर, सुप बनाएर, सलादमा हालेर खान सकिन्छ । यस्तो वनस्पतिलाई अपहेलना गर्ने होइन, भान्छामा प्रयोग गर्ने हो ।

No description available.

याे सामग्री हामीले डा. उप्रेतीकाे फेसबुकबाट लिएका हाैं ।

प्रतिक्रिया