शनिबार, वैशाख १३, २०८२

निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा भेट, छलफल कांग्रेस महाधिवेशनमै केन्द्रित

नेपालखोज २०७८ असार १५ गते १२:४९
No description available.

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच सिंहनिवास चाक्सीबारीमा भेटघाट भएको छ ।

सिंहनिवास चाक्सीबारीमा लन्चसहित छलफल भएको प्रकाशमानका सहयोगी यूपी लामिछानेले नेपालखोजलाई जानकारी दिए । कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लन्च मिटिङ भएको हो ।

उपसभापति निधि निवासबाट सुरु भएको लन्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा भएको हो ।

लामिछानेका अनुसार नेतात्रयको छलफल नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारीमै केन्द्रित छ ।

No description available.

तस्बिर : यूपी लामिछाने

प्रतिक्रिया