चौबीस घण्टामा ४,३४८ जना डिस्चार्ज, २,६३६ संक्रमित थपिए

नेपालखोज २०७८ असार १५ गते १६:५३

काठमाडौं । पछिल्लो चौबीस घण्टामा चार हजार ३४८ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार २५९ जनामा गरिएको पीसीआर विधिबाट गरिएकाे परीक्षणमा १ हजार ७२८ र ४ हजार ४८९ जनामा एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९०८ जना गरी २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २० जनाकाे कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया