कारबाहीमा परेकाबाहेक सबैलाई १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा बाेलाइयाे
नेपालखोज
२०७८ असार १५ गते १७:२१

काठमाडौं । नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा बोलाइएको छ ।
भोलि (बुधबार) विहान ११ बजे बस्न लागेको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको जनाइएको छ ।
तर नेताहरु झलनाथ खनाल, माधव नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत एघार जनालाई भने बोलाइएको छैन ।
कारबाहीमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइएको हो । यो बैठकबाट १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया