खुलामञ्चस्थित बसपार्क हटाएर सबै सवारीलाई पिक एन्ड ड्रप प्रणालीमा सञ्चालन गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ । महानगरको यो निर्णयसंगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिबस्न पाउने छैनन् । साथै उनीहरुले खुल्ला मञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन् ।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका थिए ।
महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
उनले यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिसंगको लामो छलफल पछि खुल्लामञ्चमा भएको बसपार्कलाई सिल्ड गरेको उल्लेख गर्दे मंगलबारको छलफलमा आरएनएसीको आसपास, न्युरोड गेट अगाडि र विर अस्पतालको अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको बताए ।
प्रतिक्रिया