आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट युएई र ओमानमा हुने
नेपालखोज
२०७८ असार १५ गते १८:५४

काठमाडौं । भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ । आईसीसीले प्रतियोगिताको आयोजक भने बीसीसीआई नै रहने जनाएको छ । आईसीसीले विश्वकप युएईको चार र ओमानको एक मैदानमा हुने जनाएको छ ।
१६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताईएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुने बताईएको छ ।कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया