भोलिदेखि सबै कारोबार दिनमा आरटीजीएस सेवा सञ्चालन हुने
नेपालखोज
२०७८ असार १५ गते २१:३०

काठमाडौं । भोलिदेखि सबै कारोबार दिनमा आरटिजीएस सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बुधबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस) सञ्चालन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि असार १६ गतेदेखि आरटिजीएस सिस्टम रुल्स २०१९ को अनुसूची ६ बमोजिमको ‘बिजनेस डे’ सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

सम्बन्धित

प्रतिक्रिया