बुधबार, जेठ १, २०८२

राष्ट्रियसभाको आठौं अधिवेशनको तयारी पूरा

नेपालखोज २०७८ असार १६ गते १४:१३

काठमाडौं । राष्ट्रिय सभाको ८औं अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको ८औं अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुनेपनि उनले बताए । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टिजेन परीक्षण पनि गरिएको छ ।

संसद् भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टिजेन परीक्षण गरिएको छ ।

प्रतिक्रिया