बुधबार, जेठ १, २०८२

एमालेकाे १०औं महाधिवेशन आयोजक समिति खारेज, केन्द्रीय कमिटीको बैठक १८ गते बस्ने

नेपालखोज २०७८ असार १६ गते १४:३१

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेकाे छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी खारेज गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने गरी बाेलाइएकाे जनाइएकाे छ । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया