संसद् दिवसमा सभामुखद्वारा वृक्षरोपण

नेपालखोज २०७८ असार १६ गते १६:११
No description available.

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षरोपण गरेका छन् । संसद् दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको बिरुवा राेपेका हुन् ।

No description available.

कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उनले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षरोपण कार्यक्रम रोजिएको बताए ।

‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवा धेरै महत्त्वपूर्ण छ, महान् दार्शनिक एवं महान् धर्तीपुत्र गौतम बुद्धले पनि रुख, बिरुवालाई धेरै महत्त्व दिनुभएको छ,’ सभामुख सापकोटाले भने, ‘प्रतिकूल अवस्थामा यसको महत्त्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षरोपणको कार्यक्रम गरिएको हो ।’

No description available.

सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षरोपणमा सहभागि हुन सबैमा अपिल समेत गरेका छन् । उनले भनेका छन्, ‘वातावरणअनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा बिरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दछु ।’

सो अवसरमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसदका महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुव घिमिरे, सुदर्शन खड्कालगायतले पनि सचिवालय परिसरमा वृक्षरोपण गरेका छन् ।

-तस्बिरहरु : श्रीधर न्यौपाने

प्रतिक्रिया