बुधबार, जेठ १, २०८२

वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले आइतबारदेखि नियमित सेवा प्रदान गर्ने

नेपालखोज २०७८ असार १६ गते १७:२७

काठमाडाैं । वैदेशिक राेजगार विभाग, श्रम कार्यालय ताहाचलले असार २० गतेदेखि नियमित सेवा प्रदान गर्ने जनाएकाे छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा सातामान तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले असार २० गते अर्थात आउँदो आइतबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको हाे । 

कार्यालयले एक विज्ञप्ति जारी गर्दै आगामी आइतबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको हाे । गएको वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो ।

तर सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको हाे । 

प्रतिक्रिया