बुधबार, जेठ १, २०८२

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपालखोज २०७८ असार १६ गते १८:२३

काठमाडौं । विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक रिट निवेदन दर्ता गरेका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिट दर्ता भए पनि सुनुवाइ नभएको, त्यसपछि संवैधानिक परिषद्ले अध्यादेशको व्यवस्था बमोजिम गरिएको सिफारिसविरुद्ध पनि रिट लिएकोमा विचाराधीन रहेको र यसैबीचमा नियुक्तिसमेत गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै पूरक रिट निवेदन दायर गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

संवैधानिक परिषदले गत बैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो ।

प्रतिक्रिया