सोमबार, वैशाख २९, २०८२

राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै : यादव

नेपालखोज २०७८ असार १६ गते २१:००

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताएका छन् ।

नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा बोल्दै उनले विगतदेखि वर्तमानसम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको उनको तर्क थियो ।

प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनु पर्ने बताए ।

उनले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताए । उनले भने– ‘जबसम्म परिवर्तन सम्पूर्ण रुपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहीरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महशुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’

वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि खाका बनाउनु पर्नेमा उनले जोड दिए । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनु पर्ने उनले बताए ।

प्रतिक्रिया