गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ ग्रहण
नेपालखोज
२०७८ असार १६ गते २३:००

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिएका छन् ।
उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको थियो । बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले सोमबार नियुक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया