टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी को-को हुन् ?

काठमाडौं । आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म जापानको राजधानी टोकियोमा संचालन हुने ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट ५ जना खेलाडी सहभागी हुँदैछन् ।
नेपाली सहभागितामा पौडीकी गौरीका सिंह तथा एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार एवं जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन ।
तीन सातापछि टोकियोमा प्रारम्भ हुने ओलम्पिकका लागि सुटिङकी कल्पना तथा जुडोकी सोनियाले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्न पाएका हुन् ।
ओलम्पिकको तयारीका लागि आइओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ जना खेलाडीलाई ओलम्पिक छात्रवृत्ति प्रदान गरेको थियो । जसमध्ये सोनिया र कल्पना छनौटमा पर्न सफल भएका छन ।
कोभिड महामारीका कारण एक वर्ष पछाडि सारिएको टोकियो ओलम्पिक खेल प्रेमीहरुले टेलिभिजन आदि माध्यमबाट हेरेर चित्त बुझाउनु पर्नेछ । किनभने यो प्रतिस्पर्धा दर्शकबिहिन रुपमा संचालन हुँदैछ ।
प्रतिक्रिया