सोमबार, वैशाख २९, २०८२

‘नेपालमा प्रशस्त स्रोत-साधन छन्, विकासमा रुपान्तरण गर्न सकिन्छ’

नेपालखोज २०७८ असार १७ गते १५:१९

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा शपथ ग्रहणपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा प्रशस्त स्रोत-साधन भएको बताए । स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उनको थियो ।

उनले परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन आफ्नो ध्यान केन्द्रित रहने बताए । उनले भने, ‘हामीसँग प्रशस्त स्रोत, साधनहरु छ । स्रोत-साधनलाई विकासमा कसरी रुपान्तरण गर्ने यो कुरामा जबसम्म समुदायका मानिसहरुलाई परम्परागत ज्ञान, भइरहेको सीप, आधुनिकीकरण गरेर अघि बढ्न सक्दैनौं । तबसम्म विकासमा हामी अगाडि बढ्न सक्दैनौं । यो कुरामा रुपान्तरणका लागि मेरो ध्यान रहनेछ ।’

उनले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया