सोमबार, वैशाख २९, २०८२

राष्ट्र बैंकको नाममा अनाधिकृत फेसबुक पेज बनाउनेलाई कारबाहीको चेतावनी

नेपालखोज २०७८ असार १७ गते १५:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज बनाएर भ्रामक जानकारी पोस्ट गर्नेरगराउनेलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने चेतावनी बैंकले दिएको छ ।

प्रतिक्रिया