सोमबार, वैशाख २९, २०८२

पार्टी सभापतिका लागि निधिको आधार के ? (भिडियोसहित)

नेपालखोज २०७८ असार १७ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । पार्टीको नेतृत्वका लागि नेताहरुको लबिइङ पनि सुरु भइसकेको अवस्था छ । अहिलेसम्म पार्टी सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइरालालगायत नेताहरु आफू उम्मेद्‌वार बन्ने भन्दै कार्यकर्ताहरु भेटघाटमा व्यस्त बनिरहेको अवस्था छ ।

लामो समयदेखि वर्तमान सभापति देउवालाई साथ दिँदै आएका नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधि पनि पार्टी सभापतिका रुपमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै लबिइङ गर्न थालिसकेका छन् । उनी कांग्रेसको सभापतिको बलियो दाबेदारमध्येका रुपमा अहिले देखिएका छन् । उनले पार्टीमा दिएको योगदान,सभापतिको उम्मेद्‌वारका लागि उनका आधार र पृष्‍ठभूमि कस्तो छ ? हेर्नुहोस भिडियो :

सभापतिको उम्मेद्‌वारीका लागि आधार के ? निधि यस्तो भन्छन्-

– राजनीतिमा म विद्यार्थी हुँदादेखि लागेको ।
– मेरो राजनीतिक पृष्ठभूमि भएको परिवार हो ।
– मेरो हजुरबुबा राणा शासनका विरोधी हुनुहुन्थ्यो ।
– मेरो पिताजी स्थापनाकालदेखि नेपाली कांग्रेसको उच्च तहमा हुनुहुन्थ्यो ।
– पञ्चायतलाई समर्थन नगरेका कारण मेरो पिताजी जेल जानुपर्‍यो । ५–६ वर्षको उमेरमा मैले मेरो पिताजीको गिरफ्तारी देख्नुपर्‍यो ।
– मेरो पिता महेन्द्रनारायण निधि निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा नेपाली कांग्रेसको अगुवाइमा नेपाली कांग्रेसकै लागि सक्रिय रहनुभयो । जेल-नेल सबै भोग्नुभयो ।
– मेरो मनमा तत्कालीन राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको भवना भयो । आन्दोलन र परिवर्तनको पक्षमा लागेर राजनीतिमा पनि सक्रिय बन्दै गएँ ।
– कक्षा दशमा पढ्दा म जेल गएको थिएँ । टेस्ट परीक्षा मैले जेलमै दिएँ ।
– आईकमको परीक्षा पनि जेलमा दिएँ ।
– जदुकुहा गोली काण्ड हुँदा कामेश्वर, कुशेश्वर सहिद हुँदा मचाहिँ गढी जेलमा बसेको छु । रामेछाप जेल बसेको छु । काठमाडौंको केन्द्रीय कारागारमा बसेको छु । नख्खुजेलमा बसेको छु । सर्लाहीको जेलमा बसेको छु ।
– म विद्यार्थीकालदेखि नै निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस आबद्ध आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएको छु ।
– बीपी कोइरालाले मलाई ०३६ सालको जनमत संग्रहका बेलामा नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष बनाउनुभएको थियो ।
– अहिले पनि नेपाली कांग्रेसको उपसभापति छु ।
– राजा ज्ञानेन्द्रले टेकओभर गर्दा मलाई थुनामा राखियो । दुवाकोट र नक्सालमा ।
– मेरो सम्पूर्ण राजनीतिक जीवन नै संघर्ष, लोकतन्त्र र नेपाली कांग्रेसप्रति प्रतिबद्ध र समर्पित छ ।
– १३औं महाधिवेशनका बेला मैले ठोस रुपमा शेरबहादुर देवालाई भनेको थिएँ- ‘यसपालि तपाईंले जित्नु भयो भने नेक्स्ट १४औं महाधिवेशनमा म तपाईंका तर्फबाट उम्मेद्‌वार हुन्छु ।’

हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया