सोमबार, वैशाख २९, २०८२

नेप्सेमा करेक्सन, १९ अंकले बढ्दा ६ अर्ब ७० करोडको सेयर किनबेच

नेपालखोज २०७८ असार १७ गते १५:४८

काठमाडौं । लगातार घटेको नेप्सेमा करेक्सन आएको छ । अघिल्लो दिन ४ दशमलव १३ अंंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने १९ दशमलव १२ अंकले बढेर २८ सय ४३ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दशमलव ३३ अंकले बढेर पाँच सय २८ दशमलव ७१ अंकमा पुुगेको छ । नेप्सेमा आज २ सय २४ वटा कम्पनीहरुको ७० हजार एक सय ९८ पटकको कारोबारमा ३ करोड २८ लाख ३८ हजार नौ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ७० करोड ७७ लाख ७५ हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार हुँदा आज निर्जिवन बिमा समूहको सूचक पाँच दशमलव सात अंकले घटेपनि बाँकी समूहको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव १३ अंकले बढेर १९ सय २३ दशमलव पाँच अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि २१ दशमलव ८३ अंकले बढेर दुई हजार आठ सय ४० दशमलव ४१ अंकमा पुुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि ७४ दशमलव ७४ अंकले बढेर १७ हजार एक सय ३५ दशमलव ७५ अंकमा पुग्दा विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

आज ओरन्टल होटेल समूहको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर छ सय ७३ रुपैयाँमा कारोबार हुंदा कुमारी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ३३ प्रतिशतले घटेर १० रुपैयाँ १५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १६ सय ४८ रुपैयााँ अन्तिम मूल्यमा ३० करोड ४४ लाख २८ हजार चार सय १३ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया