सुरु भयो आन्तरिक उडान, विमानस्थलमा यात्रुको घुइँचो (फोटो फिचर)
नेपालखोज
२०७८ असार १७ गते १६:२८

काठमाडौं । कोभिड-१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट पुन: नियमित भएको छ ।
कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान नियमित भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेकबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौंबाहिर जान सहज भएको छ । हवाई यात्रामार्फत विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले फेससिल्ड, मास्क र स्यानिटाइजरलगायतको व्यवस्थासहित सुरक्षित तवरले यात्रा गरेका छन् ।
हेरौं आज (बिहीबार) आन्तरिक टर्मिनल भवनमा देखिएको यात्रुको चापका थप तस्बिर :





सम्बन्धित
प्रतिक्रिया