चौबीस घण्टामा ४ हजार १७ जना डिस्चार्ज, नेपालमा संक्रमण मुक्त हुने ६ लाख नाघे

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त भइ निको हुनेको कुल संख्या ६ लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख १४९ पुगेको छ । नेपालमा निको हुने दर ९३ दशमलव ७ प्रतिशत पुगेकोछ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ४० हजार ६६२ र एन्टिजेन विधिबाट ३५ हजार ८४७ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा जम्मा १० हजार ९८५ परीक्षण भएको छ । जसमा पीसीआर विधिबाट ७ हजार १३० र एन्टिजेन विधिबाट ३ हजार ८५५ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १४५ पुगेको छ ।
प्रतिक्रिया