सोमबार, वैशाख २९, २०८२

विपक्षीले संविधानको मर्मविपरीत निर्दलीयताको वकालत गरे : प्याकुरेल

नेपालखोज २०७८ असार १७ गते १९:००

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरित निर्दलीयताको वकालत गरेको बताएका गरेका छन् ।

बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले भने– ‘आफ्नो जन्मदेखि नै बहुदलीय प्रणालीको लागि प्रतिवद्ध भनिएका कतिपय राजनीतिक शक्तिहरु अहिले जसरी संविधानको मुल मर्म विपरित निर्दलीयताको वकालत गरिरहनुभएको छ । त्यो दु:खद छ । त्यसप्रति सबैलाई सचेत र सजग हुन अनुरोध गर्न चाहान्छु ।’

साथै उनले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताएका छन् । शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिकरुपमै समाधान गर्नुपर्ने उनकाे भनाइ छ ।

राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उनले बताए । उनले भने– ‘राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु जरुरी छ । शक्ति पृथकीकरणको सिद्धान्त नबुझेर न्यायपालिकामा लगेको । न्यायपालिकामा हानी गर्न लागेको त्यसप्रति सचेत हुन जरुरी छ । राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु आवश्यक छ । राजनीतिक विवादको अन्त्य हामीले अन्तबाट खोज्यौँ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग जुन शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरोलाई न्यापालिकामा जसरी हामी लगिरहेका छौँ र न्यायापालिकालाई हानी गर्न जुन प्रयत्न भइरहेको छ । त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्याको थलो न्यायपालिका हुन सक्दैन् ।’

प्याकुरेलले वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै आजसम्मको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । राजनीतिक समस्या समाधानका निम्ति सबै राजनीतिक शक्तिहरु सहमतीका साथ अघि बढ्न उनले अनुरोध गरे ।

प्रतिक्रिया