सोमबार, वैशाख २९, २०८२

एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल-खनाल पक्ष नजाने

नेपालखोज २०७८ असार १७ गते १९:२६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएको छ ।

नेपाल–खनाल पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नि:सर्त रूपमा पार्टीका संगठनलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्नेमा ओलीले नवौं महाधिवेशनबाट आएका जनसंगठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेको हो ।

एमालेको केन्द्रीय कमिटीको बैठक भने भोलि (शुक्रबार) बस्दै छ ।

प्रतिक्रिया