सोमबार, वैशाख २९, २०८२

कोभिडका कारण दिल्लीमा करिब दुई हजार बालबालिका अविभावकविहीन

नेपालखोज २०७८ असार १७ गते १९:४७

नयाँदिल्ली । दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।

सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् । भने ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् । एक हजार ३११ बालबालिकाले बुबा गुमाएका छन् ।

यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुबा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।

सहयोगका लागि चौबीस घण्टा खुला रहने फोनमार्फत सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ । एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्यांकको प्रयोग गरेर कोभिड–१९को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गरिएको छ ।’

अप्रिलमा स्थापना गरेको हेल्पलाइनले अहिलेसम्म चार हजार ५०० भन्दा बढी गुनासा संकलन गरेको उल्लेख छ । “यीमध्ये दुई हजार २०० ‘एसओएस’ वर्गका गुनासा रहेका छन् । यी एसओएस गुनासोहरुमा खाद्यान्न, चिकित्सा, आपतकालिन अवस्था, परित्याग गरिएका बच्चाहरूका मुद्दा, कोभिड–१९परीक्षण सम्बन्धित आवश्यकताहरू जस्ता जरुरी सेवाको तत्काल आवश्यकता पर्ने बच्चाहरू र परिवारहरू छन् ।”

प्रतिक्रिया