सोमबार, वैशाख २९, २०८२

देशभरको मौसम बदली, उपत्यकामा झरी

नेपालखोज २०७८ असार १८ गते ८:१५

काठमाडौं । मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण अहिले देशभरको मौसम बदली रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भीषण वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । जसअन्तर्गत बिहीबार साँझदेखि नै काठमाडौं उपत्यकामासमेत झरी परिरहेको छ ।

आज दिउँसो पनि देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ ।

विभागका अनुसार रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया