क्रियाशील सदस्यताको विवाद टुंग्याउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । १४औँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिएका छन् । उनकाअनुसार क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएकाले आजको बैठकमा यसबारे समाधान खोजिने भएको छ ।
पाटीको नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले विरोध गर्दै आएको छ । केही दिनयता यसै विषयमा पटकपटक छलफल भए पनि समाधान निस्कन सकेको छैन ।
यसकै तयारीमा भन्दै नेपाली कांग्रेसका नेता त्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहको भेटवार्ता स्थगित गरिएको छ ।
प्रतिक्रिया