आईएमई जनरल र शंखरापुर नगरपालिकाबीच निर्जीवन बिमासम्बन्धी सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच नगरबासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदी बहिनीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बिमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बिमा गराउने प्रतिवद्धतासहित काठमाडौं जिल्लामा नै नमूना नगरपालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।
सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफ्ना नगरावासी कृषक दाजुभाइ तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बिमा पश्चात कुनै कृषक दाजुभाइ तथा दिदी बहिनीको बिमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नाे सम्पत्तीको बिमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालीकाले आफना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बिमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बिमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने आफना नगरवासीहरुको सम्पत्तिको बिमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत लेखनाथ न्यौपाने लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।
प्रतिक्रिया